नेपालले दियो यूएईलाई १४१ रनको लक्ष्य

डिसी नेपाल
२६ असोज २०८२ १८:०७
56
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य दिएको छ।

आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो।

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले। आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे। यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। यसैकारण आज नेपाल लगातार तेस्रो जितको खोजीमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *