विश्वकप छनोट: नेपालले कतारलाई दियो एक सय ४८ रनको लक्ष्य
काठमाडौं। ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले एक सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले २६ तथा गुल्शन झाले १६ रन बनाए। सोमपाल कामीले १४ रन बनाए। कतारका मिर्जा मोहम्मद बाग र डेनियल आर्चरले समान तीन तीन विकेट लिए।
नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।
आज कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment