आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

डिसी नेपाल
२८ असोज २०८२ १०:४३
32
Shares

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन्।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्।

मधेश प्रदेशको राजनीतिक माहोल अहिले तातिएको छ। केन्द्रका नेताहरु पनि जनकपुरधाम आईपुगेका छन् भने केही नेता आज आउने जनाइएको छ।

हिजो मात्र लोसपाले मधेश प्रदेश सरकारबाट आफ्नो समर्थ फिर्ता लिएको छ। यस अघि नेकपा एमाले, कांग्रेस र जनमतले समर्थन फिर्ता लिइसकेको छ।

यस अघि नेपाली कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको दाबी प्रदेश प्रमुख कार्यालयमा गरेको थियो। तर, हिजो जनमत पार्टी फुटेर अर्को पार्टी दर्ता भएसँगै केही प्रभाव पर्न सक्ने देखिएको छ। जनमत पार्टीका ६ जना सांसदहरुले मात्र जनमत छाडे कांग्रेसले सरकार बनाउने अवसर गुमाउन सक्छ।

यता, मधेशवादी दलहरु पनि नेतृत्व चयनका लागि भित्र भित्रै तालमेल मिलाउने कार्य गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *