कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

डिसी नेपाल
२८ असोज २०८२ २०:५५
88
Shares

अमेरिका।

म मर्दा को-को मलामी आए हेर्न मन छ मलाई
को रोए अनि को मुस्कुराए हेर्न मन छ मलाई

कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ। मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ गरेका हुन्।

गायनमा उदाउँदै गरेका केशव बादीले गजलका शब्दहरुमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए। यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक गरिएको छ।

अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल छन्। उनको मायाँ गर्नुको अर्थ गीति सन्चयन प्रकाशित छ। पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार दीप श्रेष्ठ, कर्ण दास, शिशिर योगी, बि बि अनुरागी, सन्जु थापा, प्रमोद खरेलदेखि नयाँ पुस्ताका समिक्षा अधिकारी, रचना रिमाल र बाल कलाकार अनुजा कडरिया सम्मले संगीत र स्वर मिसाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *