एमाले केन्द्रीय कमिटी बैठक सुरु

डिसी नेपाल
२९ असोज २०८२ १२:०१
16
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।  ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषय समेटिनेछन्। अन्तरिम सरकारको गठन र संसद विघटनबारेमा पनि प्रतिवेदनमा समेटिनेछन्।

पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ। नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने बताइएको छ।

बैठकले संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ।

केन्द्रीय सदस्यहरूलाई ‘अल्फाबेटिकल’ आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ। हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *