बंगलादेशको गार्मेन्ट कारखानामा भीषण आगलागी, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । बंगलादेशको राजधानी ढाकाको मिरपुर क्षेत्रमा रहेको एक कपडा कारखानामा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको बताएका छन्।
अग्नि नियन्त्रण विभागले अहिलेसम्म भेटिएका १६ वटा शव यति जलेका छन् कि पहिचान गर्न गाह्रो भएको बताएको छ।
चार तले भवनमा लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लाग्यो। आगो नजिकैको रासायनिक गोदाममा पनि फैलियो, जहाँ रातिसम्म आगो बलिरहेको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति ९ बजे (स्थानीय समय) सम्म पनि गोदाममा लागेको आगो पूर्ण रूपमा निभ्न सकेको थिएन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment