ओलीले भने- म बिग्रेको भए पो सप्रिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने बताएका छन्। उनले आफ्नो पद फेसबुकले निर्धारण गर्ने नभइ केन्द्रीय कमिटीले निर्धारण गर्ने बताएका हुन्।
‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु। मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो। यस केन्द्रीय कमिटीको आदेशमा जुनसुकै कुरा हुन्छ,‘ ‘ केन्द्रीय कमिटी बैठकमा उनले भने।
अखबारबाजी गरेर नहुने उनले बताए। बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिँड्न सकिँदै भनेको सुनिरहेको उनले बताए। ‘म आफैँ हिँड्न सक्छु किन बोक्नपर्यो,‘ उनले भने।
पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उनको भनाइ छ। ‘अझै सप्रेन ओली भन्छन्। बिग्रेको हुनुपर्यो नि सप्रिन,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment