एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्ने प्रस्ताव
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशन आगामी मंसिरको २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन्। पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्ताव पेश गर्दै महाधिवेशनको प्रस्ताव गरेका हुन्।
यसअघि बसेको एमाले सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो।
अध्यक्ष ओलीले राखेको महाधिवेशनको प्रस्तावमा तीन दिनसम्म चल्ने केन्द्रीय समिति बैठकले निर्णय लिने छ। ओलीको प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment