बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
सर्लाही । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ।
नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन्। उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो। घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment