सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्छौं : इप्पान

डिसी नेपाल
२९ असोज २०८२ १६:०५
24
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाइको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो।

प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका प्रमुख तथा प्रतिनीधिहरूसँग भेटघाट तथा पत्राचार गरी ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुनुवाई नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

उनले अन्तिम पटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको यथाशिघ्र सेयर निष्काशनका लागि ध्यानाकर्षण गराउने र १५ दिनभित्र सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख गरे।

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै अख्तियारमा उजुरी दिन समेत बाध्य हुने कार्कीले बताए।

त्यस्तै उहाले कानूनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेको अवरोधप्रति पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराइने जानकारी दिए।

प्रत्येक आयोजनाहरुलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरुको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने इप्पानले जनाएको छ।

ऊर्जा विकासमार्फत नेपालको समृद्धि हासिल गर्न सकिने भएकाले निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण निर्माणका लागि सरकारगम्भीर हुनुपर्ने इप्पानको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *