महरालाई थुनामा पठाउन अदालतको आदेश

डिसी नेपाल
२९ असोज २०८२ १८:०६
184
Shares

काठमाडौं। पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो। इलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर भएको हो।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *