मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनाल नियुक्त
सर्लाही। मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन्।
उनले आज ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment