सफल ब्यावसायीको छवि बनाएका बुद्ध एयरका मालिक बस्नेत राजनीतिमा होमिए
काठमाडौं। सफल व्यावसायीको छवि बनाएका बुद्ध एयरका मालिका वीरेन्द्रबहादुर बस्नेत राजनीतिमा होमिएका छन्। बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।
आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन्। पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्। व्यावसायी बस्नेत भने सदस्य छन्।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ। बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन।
‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं। इमान्दारीको राजनीति गरौं। त्यागको राजनीति गरौं।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment