लोकतन्त्रमा ‘वन म्यान आर्मी’को काम छैन : पूर्वमुख्यमन्त्री सिंह

डिसी नेपाल
३० असोज २०८२ १९:३८
52
Shares

जनकपुर । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीश कुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूलाई वन म्यान आर्मी बुझेकै कारणले आज पार्टी फुट्को आरोप लगाएका छन्।

जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै पूर्वमुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतले जहिले पनि एकलौटी गर्न खोजेको आरोप लगाएका हुन्।

सिंहले अध्यक्ष राउतलाई भगवान शिवको संज्ञा दिदै पार्टीका कार्यकर्ताहरुलाई भस्मासुरको जस्तो भूमिका खेप्नु परेको सुनाए। कुनै पनि पार्टीमा अध्यक्षले मात्र चलाउन नसक्ने सिंहले बताए। उनले पार्टीमा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यलगायत सबैको योगदान हुने बताए।

तर जनमतका अध्यक्ष डा. राउतले आफू बाहेक कसैको पनि कुरा नसुन्ने र आफूलाई जे चाहियो त्यो मात्र गर्ने गरेको पूर्व मुख्यमन्त्री सिंहले बताए। जनमत पार्टी अध्यक्ष डा. राउतले गठबन्धनमा रहेर गठबन्धनमै रहेका अन्य पार्टीहरुलाई गाली गर्ने गरेको सिंहले बताए।

पूर्व मुख्यमन्त्री सिंहले नयाँ बनेको मधेश प्रदेश सरकारलाई संघीयता बचाएर राख्न आग्रह गरे। उनले मधेश प्रदेश र मधेश प्रदेशवासीका लागि संघीयता अतिआवश्यक रहेकोले यसलाई बचाउन प्रदेश सरकार मात्र नभई सम्पूर्ण प्रदेशवासीले पनि आआफ्नोतर्फबाट लाग्न आग्रह गरे। जेन जी आन्दोलन पछि नष्ट भएका सरकारी संरचना तथा कार्यालयका आवश्यक सरसामानहरुको यकिन हिसाँब किताब राख्न उनले नयाँ सरकारलाई सुझाव दिए। बँचेका सामानहरु पनि कसैले लगेर जेन जी आनदोलनमा नष्ट भयो भन्ने नहोस भनेर उनले सुझाव दिए।

पूर्वमुख्यमन्त्री सिंह जनमत पार्टीबाट फुटेर बनेको जन स्वाराज पार्टीमा गएका छन्। आज मधेश प्रदेशका नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् भने पूर्वमुख्यमन्त्री सिंहको पद आजबाट समाप्त भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *