एमाले केन्द्रीय कमिटी बैठकः १४७ जना केन्द्रीय सदस्यको सुझाव

डिसी नेपाल
३० असोज २०८२ २१:१३
72
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन्।

ललितपुर, जावलाखेलमा जारी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। हिजो पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ। बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि भोलि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ। पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन्।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा, लोकतन्त्रको रक्षालगायत विषयमा सुझाव दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। बैठक शुक्रबार बिहान ८ः०० बजे पुनः बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *