टी-२० विश्वकप छनोटः नेपालले सामोआलाई दियो दुई सय १२ रनको लक्ष्य
काठमाडौं। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गतको आजको खेलमा नेपालले सामोआलाई दुई सय १२ रनको लक्ष्य दिएको छ। ओमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर दुई सय ११ रन बनाएको हो।
नेपालका लागि आसिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। आसिफले ६९ तथा ऐरीले ५३ रन बनाए। यस्तै लोकेश बमले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३९ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन बनाए।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछन् भने नेपाल अहिलेसम्म अपराजित छ। समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ।आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment