सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण
काठमाडौं। साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण गरिएको छ।
शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच भट्टराईले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन्।
भट्टराई सँगसँगै सहभागी दर्शकहरूले सार्वजनिक रूपमा पुस्तक लोकार्पण गरेका थिए। पुस्तक फाइन पिन्टले बजारमा ल्याएको हो भने, पुस्तको मुल्य ५७५ रूपैयाँ रहेको छ।
भट्टराईले जेन–जी आन्दोलनमा हताहत भएका ब्यक्तिहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै समय जस्तो भएपनि आफ्नो गन्तव्य तर्फ लम्किन कहिले पनि पछि पर्न नहुने बताए।
उनले, आजसम्मको माया प्रेम स्नेह र पाठकहरूको सदासयताका लागि आफू नतमस्तक रहेको बताए। त्यस्तै, समय परिस्थिति बदलिनेछ तर, लेखकले त्यै परिस्थितिलाई आत्मसम्मान र आत्मसात नगरे पाठकहरूबाट टाढा हुने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment