कांग्रेसको १५औं महाधिवेशन आगामी मंसिरभित्रै गरौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित १५औ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै गर्न प्रस्ताव गरेका छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दुई विकल्पसहित नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन्।
महामन्त्री थापाले १५औं महाधिवेशन मंसिरको २७ देखि २९ सम्म गर्न प्रस्ताव गरेका छन्।
उनले यसका लागि सदस्यता वितरण र व्यवस्थापन गर्न १६५ वटै क्षेत्रमा १५ दिन केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउन प्रस्ताव गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment