कांग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी

डिसी नेपाल
२ कार्तिक २०८२ १९:२९
120
Shares

जनकपुर । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

धनुषा जिल्ला अदालतले ज्यानमार्ने उद्योग मुद्दामा संलग्न पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

क्षिरेश्वरनाथ नगरपालिका५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपी सातै जना विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *