महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा

डिसी नेपाल
३ कार्तिक २०८२ १४:१९
120
Shares

काठमाडौं । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको हो ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको डिसीनेपालसँग पुष्टी गरे । उनले यस विषयमा अनुसन्धान जारी रहेकोले धेरै बताउन नमिल्ने भन्दै यसबाहेक थप विवरण भने दिएनन् ।

‘सैनिक मुख्यालयले संवेदनशील क्षेत्रमा खटिएका नेपाली सेनाका कमाण्डरलाई हेडक्वार्टर झिकाएको हो’ उनले भने ‘उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।’

जेनजी आन्दोलनमा महत्वपूर्ण भवनहरू जोगाउन नसकेकोमा सेनाको आलोचना बढ्दै गएपछि सेनाले अनुसन्धान अगाडि बढाएको हो । उनले अनुसन्धानको क्रममा अन्य कमाण्डरहरूमाथि समेत छानबिन हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *