संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना साझा दायित्वः मुख्यमन्त्री पाण्डे
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
शुभ दीपावलीको अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक, भाषिक, जातीय एवं धार्मिक विविधताले भरिपूर्ण नेपालमा यस्ता पर्वले विविधताबीचको एकतालाई थप सुदृढ र मजबुत बनाउने उल्लेख छ।
तिहार एवं शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको उनले शुभकामना व्यक्त गरेका छन्।
पर्वका नाममा समाजमा विद्यमान कुरीति एवं विकृतिप्रति सचेत रहन र हटाउनेतर्फ पहल गर्न सबैमा अनुरोध समेत गर्ने उनले गरेका छन्। ‘यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोश, जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को संकल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ सबैमा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु’, जारी सन्देशमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment