जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए। प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment