बालुवाटारको सर्वदलीय बैठक : चुनावी सुरक्षाबारे दलहरूको चासो

डिसी नेपाल
४ कार्तिक २०८२ १९:५८
48
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

छलफलमा नेताहरूले पालैपालो बोलेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। आजको संवादमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राखेका छन्।

‘निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ,’ उनले भने, ‘एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।’

निर्वाचनका लागि राजनीतिक दलहरुले राखेको शान्ति शुरक्षाको विषयलाइ मुख्य चासोको रुपमा बैठकमा उठाएका छन्। बैठकमा सहभागी दलका नेताहरुले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारिक धारणा राखेका छन्।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *