संगठनमा आवद्ध नभएको व्यक्तिलाई जोडेर बद्नाम गराउन खोजेको युवा संघको ठहर
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको निवासमा आगजनी गरिएको घटनासँग राष्ट्रिय युवा संघलाई जोडेर भ्रमक प्रचार गरेको भन्दै राष्ट्रिय युवा संघले आपत्ति जनाएको छ।
बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै युवा संघ जस्तो लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाको सवालमा सदैव राजनीतिक समाजिक र कानुनी मूल्य मान्यताको अधिनमा रहेर पैरवी गर्दै आएको उल्लेख गरेका छन्।
उनले आगजनीको घटनामा संलग्न भएको भनिएका व्यक्ति सोनम थेबे राष्ट्रिय युवा संघको कुनै पनि तहको जिम्मेवारीमा नरहेको भन्दै संगठनको जिम्मेवारीमा नरहेका व्यक्तिलाई जोडेल सिंगो संगठनलाई बद्नाम गराउने प्रयास भएको युवा संघले ठहर गरेको छ।
युवा संघले सो विषयमा विभिन्न संचारमाध्यम र आम जनतालाई भ्रममा नपर्नसमेत अनुरोध गरेको छ।








डिसी नेपाल







Facebook Comment