भरतपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
चितवन । चितवनको भरतपुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल बिहान सवा ४ बजेतिर अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तनहुँ देवघाट गाउँपालिका-२ घर भई हाल नवलपुरको गैंडाकोटमा बस्दै आएका ४४ वर्षीय टंक प्रसाद थापा गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:४४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका-१ का २६ वर्षीय केशव घर्ती मगर पनि घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनास्थल गोन्द्राङ प्रहरी चौकीबाट करिब २० मिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment