वसन्तपुरमा सामूहिक भाइटीका

डिसी नेपाल
६ कार्तिक २०८२ १८:४३
32
Shares

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिएकी छन्।

दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आएकी छन्। जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उनले जानकारी दिइन्।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिन्थिन्। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उनले मरुसत्तलमा टीका लगाउन थालेकी हुन्। काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उनले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *