दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

डिसी नेपाल
७ कार्तिक २०८२ २०:१०
56
Shares

काठमाडौं। भारत र श्रीलंकामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ। संघका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ। प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहनेछ।

आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ। त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ।

नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। यी सबै खेल भारतमा नै हुनेछ। त्यसपछि नेपाली टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलम्बोमा हुने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *