मध्यमार्गी शक्ति निर्माणका लागि जरोकिलोले गठन गर्‍यो समिति

डिसी नेपाल
८ कार्तिक २०८२ १६:२१
160
Shares

काठमाडौं । मौलिक जरोकिलो पार्टीको सर्वोच्च परिषद् बैठकले मध्यमार्थी शक्ति निर्माणका लागि तीन सदस्सीय समिति गठन गरेको छ।

शुक्रबार बसेको बैठकले प्रवक्ता अरुण पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।

‘जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा बृहत् मध्यमार्गी राजनीतिक शक्ति आवश्यकता बोध गर्दै उक्त मध्यमार्गी शक्ति निर्माण प्रक्रियामा अघि बढाउनका लागि मौलिक जरोकिलो पार्टीले वार्ता समिति गठन गरेको हो। उक्त समितिले भ्रष्टाचारविरुद्धमा र सुशासनको पक्षमा रहेका सबै अग्रगामी शक्तिसँग संवाद गर्ने छ,’ पार्टीको जारी विज्ञप्तिमा भनिएको छ।

समितिमा धिरेन्द्र चन्द सोडारी र सम्झना बन्जारा घिमिरे सदस्य रहेका छन्। सोडारीले आजैका मितिबाट आफूहरूका गतिविधिलाई अगाडि बढाइने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *