अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन

डिसी नेपाल
८ कार्तिक २०८२ १९:३१
64
Shares

काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरे।

कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोतसाधन खर्चिनुपर्ने आवश्यकता औँल्याए।

अर्थमन्त्री खनालले यही प्रदर्शजका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्था भए सरकारले आवश्यक सहयोग गर्ने बताए। उनले सरकारले हाल क्षतिको आधिकारिक तथ्यांक संकलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *