तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

डिसी नेपाल
९ कार्तिक २०८२ १५:३०
16
Shares

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार (नेप्से) सामान्य अंकले बढेको छ। तिहार बिदाअघि १६.६७ अंकले बढेको नेप्से परिसूचक, आइतबार पुनः ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ। यसअघि तिहार अगाडिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको थियो। तर, आज कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ।

यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी समता घरेलु लघुवित्तको शेयरमूल्य करिब ८.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ।

यस्तै, आज तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ७.१६ प्रतिशतले घट्दै दिनको सबैभन्दा ठूलो गिरावटमा परेको छ। त्यसपछि भगवती हाइड्रोपावरको शेयरमूल्य ७.३१ प्रतिशत र एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन्। यस दिन व्यापार उपसमूहको परिसूचक ३.०५ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो। त्यसैगरी जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचकहरूमा पनि सामान्य वृद्धि देखियो।

घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको भन्सार विभागले जनाएको छ। विश्लेषकहरूका अनुसार, तिहार बिदापछि बजारमा लगानीकर्ताहरूको सावधानीपूर्ण सहभागिता र स्थिरता कायम रहँदा बजार सामान्य उकालो लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *