छठ पर्व आत्मशुद्धि र सामाजिक एकताको प्रतीक : डोल प्रसाद अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन्त राख्दै आएको बताएका छन् ।
उनले चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्व आत्मशुद्धि, त्याग र समर्पणका माध्यमबाट सामूहिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गरे । उनले भने, ‘उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई गरिने उपासनाले जीवनका सुख र दुःख दुवैलाई समानरूपमा स्वीकार गर्ने प्रेरणा दिन्छ ।’
अर्यालले पछिल्ला वर्षहरूमा छठ मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकतामा अभिवृद्धि गर्नका साथै विविधताबीचको एकतालाई अझ मजबुत बनाएको बताएका छन् ।
छठ पर्वले सामाजिक एकता र राष्ट्रिय भावनालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले भने, ‘छठको पावन अवसरमा प्राप्त हुने प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गरोस् ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment