तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

डिसी नेपाल
१० कार्तिक २०८२ २१:२७
16
Shares

देवदह (रुपन्देही)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने बताए।

‘व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्दैन, यही संविधानभित्र रहेर संघीयतालाई अझ अब्बल र अझ राम्रो बनाउने हो, संविधान कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्छ’, उनले भने, ‘हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *