निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री अर्याल
जनकपुरधाम। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्।
उनले जनकपुरधामस्थित गङ्गासागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे।
साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रुपमा गरिने प्रतिबद्धता जनाए।
उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबीच आपसी सद्भाव कायम गरेको बताए। ‘यसको दिनप्रतिदिन गरिमा र महत्व बढ्दै गएको छ’, उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment