वाशिङ्टन डीसीमा छठ पूजा भव्य रूपमा सम्पन्न (फोटोफिचर)
वाशिङ्टन डीसी, अमेरिका। अमेरिकाको म्यारिल्याण्डमा सूर्यदेव र छठी मैयाको आराधना गर्दै छठ पूजा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली एजुकेशन एण्ड कल्चरल सेन्टर (NECC) र एसोसिएशन अफ नेपाली तराईयन्स इन अमेरिका (ANTA) द्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा नेपाली र मैथिल समुदायबीचको एकता र सांस्कृतिक सम्बन्धलाई सशक्त रूपमा प्रतिविम्बित गरिएको थियो ।
छठ पर्वको यस कार्यक्रममा सन्ध्या अर्घ्य (साँझको पूजा) र उषा अर्घ्य (बिहानको पूजा) अत्यन्त श्रद्धा र भक्ति भावका साथ सम्पन्न गरिए, जसपश्चात् आरती, हवन र प्रसाद वितरण गरिएको थियो। छठ पूजा २०२५का प्रमुख संयोजक मोहन कुमार यादवका अनुसार सम्पूर्ण नेपाली समुदायलाई एक साथ बाँध्ने सेतु भएको बताएका छन्। उनले भने,“छठ पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन, यो हाम्रो संस्कृति र समुदायलाई एकसाथ बाँध्ने सेतु हो,”
यस वर्षको सफल समापनले पुनः एकपटक नेपाली समुदायको आस्था, एकता र सांस्कृतिक गौरवलाई विश्वसामु उजागर गरेको छ।





































No ads found for this position

डिसी नेपाल
Facebook Comment