रोहित शर्मा एकदिवसीय करियरमै पहिलो पटक पहिलो बरियतामा पुगे
काठमाडौं । रोहित शर्मा आइसीसीको पछिल्लो एकदिवसीय वरीयतामा नम्बर एक ब्याट्सम्यान बनेका छन्।
रोहित शर्माले आफ्नो एकदिवसीय करियरमा पहिलो पटक यो उपलब्धि हासिल गरेका छन्।
हालै अस्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा प्लेयर अफ द सिरिज घोषित भएपछि उनले एकदिवसीय वरीयतामा दुई स्थान सुधार गरेका छन्।
रोहित शर्माको हाल एकदिवसीय वरीयतामा ७८१ अंक छ।
अफगानिस्तानका इब्राहिम जद्रान ७६४ अङ्कका साथ दोस्रो स्थानमा छन् भने शुभमन गिल ७४५ अङ्कका साथ पहिलोबाट तेस्रो स्थानमा झरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment