कोशी प्रदेश सभाको बैठक तरकारी बजार केन्द्रबाट सञ्चालन हुने

डिसी नेपाल
१८ कार्तिक २०८२ १८:३१
16
Shares

मोरङ। कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो। बैठकका लागि स्थान अभाव भइरहेकै बेला कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फलफूल तथा तरकारी थोक बजारको एक भवन र एउटा हल प्रदेश सरकारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए। अध्यक्ष चौधरीले भवन र हल हस्तान्तरणसँगै सरसफाइ तथा कार्यालय निर्माणको काम सुरु भइसकेको बताए।

उहाले केन्द्रमा रहेका सामानहरुको सुरक्षा भने हुनुपर्ने बताए। तत्कालका लागि सभामुख, उपसभामुख र सचिवालयको कार्यालय स्थापना गरिने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको र हल निर्माण सम्पन्न भएपछि प्रदेश सभा बैठकसहितका सम्पूर्ण गतिविधि नियमित रूपमा सञ्चालन गरिने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *