राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

डिसी नेपाल
१८ कार्तिक २०८२ १८:५०
20
Shares

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन्।

नेकपा एमाले रूपन्देहीको विस्तारित बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधिसभाको पुनःस्थापनामार्फत नै संविधान लिकमा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताएका हुन्।

सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अङ्ग बनिसकेको वास्तविकतालाई एमाले नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औंल्याउँदै उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देसव्यापी आगजनी, आक्रमण भएको बताए।

नेता पौडेलले नेकपा एमालेको ११औं महाधिवेशन एकताको महाधिवेशन बनाउने र नयाँ उचाइको एकता बनाउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *