उच्चस्तरीय जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान
काठमाडौं। गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसंग बयान लिएको छ।
लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थीत उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो। जेनजी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थीतिका बारेमा आयोगले लामिछानेसंग सोधपुछ गरेको बुझिएको छ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जनेजी आन्दोलनका क्रममा भाद्र २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए। यद्यपी लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आएका छन्।
यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment