सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गरिने
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार सम्पन्न सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त बैठकले जेनजी आन्दोलनपछि सञ्चालन हुन नसकेको प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए।
सो सर्वदलीय बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी सहभागी थिए।
त्यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य खेमादेवी विष्ट र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य पमदबहादुर शाही सहभागी थिए।
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment