बिर्तामोडमा इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
झापा। यहाँको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास थान १ ९क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार साँझ ४ः ४५ बजे बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो। इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताए।
जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए। तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ। जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment