गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन

डिसी नेपाल
२० कार्तिक २०८२ १४:३८
16
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित घरको अवलोकन गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो। यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए।

त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *