सेयर बजारका लगानीकर्ता आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन्।
शुक्रबार बिहान लगानीकर्ताहरुले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन्।
‘हिँड काठमाडौं’ अभियान अन्तरगत लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका हुन।
शेयर बजारमा देखिएको बिकृति र सुधारको विषय उठाउँदै आएका लगानीकताहरुले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन्।
सोही क्रममा एकजना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए।
उनले भने, ‘हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिदैन्। त्यसैले काम गर्ने बजारलाई शुद्धिकरण वा सुधार नगरि बजार चलायमान बनाउन सकिदैन्,’ अगाडि भने,‘लगानीकर्ताहरुको हक हितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन् ? बोर्ड के का लागि स्थापना भएको हो लगानीकर्ताहरुको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’
यस्तै, उनले अन्तरिम सरकारले लगानीकर्ताहरुका पक्षमा काम गर्छ भन्ने आशा व्यक्त गरे।
उनले भने, ‘अहिलेको सरकारले काम गर्छ भन्ने आशा गरेका छौं। अहिलेको सरकारले पनि काम गरेन भने पहिला र हालको सरकारमा केही फरक छैन्। काम गर्न सक्ने खालको अध्यक्ष हामीलाई चाहिएको छ। अहिलेको अध्यक्षले काम गरेको भए मागसहित आन्दोलनमा आउनुपर्ने अवस्था हुदैँन् थियो।’
अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए।
धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाई छ। उनीहरुले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे मागपनि तयार गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment