इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

डिसी नेपाल
२१ कार्तिक २०८२ १९:५१
4
Shares

काठमाडौं । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ।

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस३ का रेशमबहादुर राना रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो। उनले भने, एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको छ।

रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेका निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ।

निजलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *