हिरासतमा थुनुवा मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन

डिसी नेपाल
२१ कार्तिक २०८२ २३:०८
40
Shares

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवा गङ्गे सुनारको मृत्यु भएको प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन भएको हो। उक्त समितिमा वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानवअधिकार सञ्जालका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन्।

लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए। उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *