मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी
मकवानपुर। मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको हो।
प्रहरीका अनुसार राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका विभिन्न वडामा फडानी कार्य गरिएको हो।
उक्त अभियानका क्रममा करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा बेर्नाहरू पूर्णरूपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले अवैध लागुऔषध खेती नियन्त्रणका लागि नियमित रूपमा अभियान सञ्चालन गरिरहेको र आगामी दिनमा यस्ता गैरकानूनी गतिविधिमा संलग्न हुनेहरूमाथि कडाइका साथ कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment