हिउँ जम्दा मुस्ताङको साङ्ता जाने बाटो अवरुद्ध (तस्बिरहरू)
काठमाडौं । हिमाली जिल्ला मुस्ताङको साङ्ता गाउँ जाने बाटो हाल हिउँ नपग्लेकै कारण बन्द रहेको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बाटो खुलाउने प्रयास गरे पनि हालसम्म सो बाटो सञ्चालनमा आउन सकेको छैन।
यो बाटो करिब ४५०० मिटरको उचाइमा रहेको छ, जहाँ अहिले अत्यधिक हिउँ जमेको छ। उपल्लो डोल्पा जानका लागि व्यापारी, स्थानीय र पर्यटकहरूले यही बाटो प्रयोग गर्ने गरेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment