पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैनः प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताएकी छन्
सिंहदरबारमा सोमबार बसेको कोष सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। उनले मुलुकको सांस्कृतिक ऐतिहासिक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन्।
यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत भएको उनले बताइन्।
कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment