बाजुरामा एमालेको जनदबाब, संसद पुनःस्थापनाको माग

डिसी नेपाल
२५ कार्तिक २०८२ १६:४५
16
Shares

बाजुरा । बाजुरामा नेपाल कम्प्युनिष्ट पार्टी एमालेले जनप्रर्दशन कार्यक्रम गरेको छ। यहाँका नौं वटै स्थानीय तहमा एमाले बाजुराले विहानैदेखि सडकबाटै जनदवाव कार्यक्रम गरेको हो।

राष्ट्रिय एकता, संविधानको रक्षा, संसद पुनःस्थापनाको माग र प्रतिगामी कदमविरुद्ध बाजुराका विभिन्न बजारमा ¥याली निकालिएको हो। सदरमुकाम मार्तडी, कोल्टी लगायतका बजारमा एमालेले प्रदर्शन गरेको हो।

मार्तडीमा एमाले बडीमालिका नगर कमिटीद्वारा जनप्रर्दशन कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बाजुराका सचिव काँसी विकले जेनजीका नाममा जुन लुटपाट, आगजनी र विध्वंस मच्चाईयो त्यो कार्य अत्यन्तै निन्दनीय रहेको बताए।

राष्ट्रिय एकता, संविधान सर्वाेच्चता र संसद पुनःस्थापनाको मागको लागी नेकपा एमालेले जनप्रर्दशन कार्यक्रमको आयोजना गरेको एमाले बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विकले बताए।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अहिलेको सरकार वैधानिक नभई अवैधानिक तरिकाले अघि बढेको बताउँदै वैधानिक सरकार केपी शर्मा ओलीकै नेतृत्वमा मात्र बन्न सक्ने प्रष्ट पारेका हुन्। अहिलेको सरकार कुनै पनि हालतमा मान्य समेत नहुने उनीहरुको भनाइमा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *