चितवनका सातवटै पालिकामा एमालेको प्रदर्शन

डिसी नेपाल
२५ कार्तिक २०८२ २२:४७
60
Shares

चितवन। आज चितवनका सातवटै पालिकामा एमालेले प्रदर्शन गरेको छ। नेकपा (एमाले) केन्द्रीय कमिटीले आज भदौ २५ गते देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको थियो।

जस अनुसार चितवनका सबै पालिकामा प्रदर्शन गरिएको एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए। प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जन प्रदर्शन गरिएको हो।

जन प्रदर्शनमा विभिन्न नाराहरु लगाइएको थियो। एमाले चितवनका सचिव ढुंगानाका अनुसार इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाले मोटरसाइकल र्याली गरेर कोण सभा गरे भने अन्य पालिकाले पैदल र्याली गरेर कोण सभा गरे। प्रदर्शनमा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु आआफ्नो पालिकामा पुगेका थिए भने केही नेताहरु विभिन्न पालिकामा जान समेत भ्याएका थिए।

एमालेले कार्तिक २९ गते देशका सबै जिल्लाहरुमा एकसाथ जनसभा गर्ने निर्णय एमालेले गरेको छ । उक्त जनसभाको तयारी समेत भइरहेको एमाले चितवनका अध्यक्ष पाठकले जानकारी दिएका छन्। उनले जिल्ला स्तरीय जनसभामा पनि सहभागिता जनाउन पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *