मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको रिट संयुक्त इजलासमा पठाइयो

डिसी नेपाल
२६ कार्तिक २०८२ १३:५३
36
Shares

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै मधेश प्रदेशका ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटलाई संयुक्त इजलासमा पठाइएको छ ।

बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यो रिटमाथि सुनुवाइ गर्दै यसलाई सुनुवाइका लागि संयुक्त इजलासमा पठाउने आदेश गरेको हो । अब संयुक्त इजलास आइतबार बस्ने गरी पेशी तोकिएको छ । यो रिट मंगलबार दर्ता भएको थियो ।

यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *